प्राय जसो Fact हरू रमाईला नै हुन्छन् , तर तपाईंलाई यो जेनेरल नलेजको लागि पनि काम लाग्नेछ ।
त्यसैले आउनुहोस् टेक्नोलोजीको बारेमा जानौं यी केही रमाईला तथ्यहरु
रमाईलो तथ्य नं #1
विश्वमा टूथब्रश प्रयोग गर्ने मानिसहरू भन्दा धेरै मोबाइल फोन चलाउने मानिसहरू रहेका छन् ।
के तपाईंलाई थाहा छ , विश्वभर बसोबास गर्ने मानिसहरूको संख्या लगभग 7.7 अरब रहेको छ । यसमध्ये करिब 4.8 अरब मानिसहरूले मोबाइल फोन प्रयोग गर्ने गर्दछन् , तर अचम्म लाग्ने कुरा त सारा विश्वभरका मानिसहरु मध्ये 4.2 अरब मानिसहरूले मात्र टूथब्रशको प्रयोग गर्ने गर्दछन् ।
मतलब विश्वभर जति मानिसहरूले मोबाइल फोन चलाउने गर्छन् , त्यो भन्दा कम मानिसहरूले टूथब्रशको प्रयोग गर्दछन् ।
के मोबाइल फोन टूथब्रश भन्दा सस्तो हुन्छ ? 😀
रमाईलो तथ्य नं #2
Robot शब्दको मतलब "जबर्जस्ती काम गर्ने मजदुर " भन्ने हुन्छ ।
सामान्यतया रोबोट शब्दको व्युत्पत्ती "रोबोटा" नामक शब्द बाट भएको हो । जुन एक Czech शब्द हो । जसको मतलब आफ्नो मर्जीले भन्दा पनि अरुले लगाए अनुसार काम गर्ने कामदार भन्ने हुन्छ । यस शब्दको प्रयोग पहिलो पटक सन् 1920 मा एक काल्पनिक मानवताको कहानी बताउनेवाला नाटकमा गरिएको थियो ।
रमाईलो तथ्य नं #3
विश्वकै पहिलो भिडियो क्यामरा रेकर्डर पियानो जत्रै ठूलो थियो ।
के तपाईंले कहिल्यै सोच्नु भएको छ ? संसारकै पहिलो भिडियो क्यामेरा रेकर्डर (VCR) कस्तो देखिन्छ ? वा कति ठूलो थियो होला ?
फोटोमा तपाईंले जुन मेसिन देखिरहनु भएको छ उक्त विश्वकै पहिले भिडियो क्यामेरा रेकर्डर हो । जसको साईज एउटा पियानो को जत्रो थियो ।
रमाईलो तथ्य नं #4
सामसुङ कम्पनी, एप्पल कम्पनी भन्दा 38 वर्ष 1 महिना पुरानो कम्पनी हो ।
वास्तवमा तपाईंलाई थाहै होला , सामसुङ र एप्पल दुवै धेरै नाम चलेका र ठूला मोबाइल फोन कम्पनीहरू हुन् ।
तर के तपाईंलाई थाहा छ ? सामसुङ र एप्पलको सुरुवात कहाँ र कहिले देखि भएको थियो ?
सामसुङ कम्पनीको सुरुवात 1 मार्च 1938 मा Lee Bewan Chul ले एउटा किराना स्टोरको रुपमा गरेका थिए ।
एप्पल कम्पनीको सुरुवात 1 अप्रिल 1976 मा एप्पलका founder Steve Jobs and Steve Woznac द्वारा एक एप्पल कम्प्युटर बनाएर गरेका थिए ।
रमाईलो तथ्य नं #5
Digital पढाइ अथवा Screen को पढाइ किताबको तुलनामा 10% कम अथवा ढिलो हुने गर्दछ ।
के तपाईं किताबमा भन्दा बढी मोबाइल स्क्रिन ,कम्प्युटर स्क्रिन आदि डिजिटल माध्यमबाट पढ्ने गर्नुहुन्छ ? अथवा पेपर बूकको सट्टामा इ बूकको प्रयोग गर्नुहुन्छ ?
यदि तपाईं इ बुक पढ्नुहुन्छ वा कुनै स्क्रिनको माध्यमले पढाइ गर्नुहुन्छ भने तपाईं पेपर बुकको तुलनामा 10% Slow पढाइ गरिरहनु भएको छ ।
रमाईलो तथ्य नं #6
51% internet Traffic मानिस होइनन्
के तपाईंले कुनै वेबसाईटमा "i am not ropot " भन्ने चेक बकस देख्नुभएको छ ?
साँच्चै धेरै वेबसाइटहरूमा यस्तो चेक बक्सहरू तपाईंले देख्न सक्नुहुन्छ । यसको कारण भने कुनै पनि वेबसाइटहरू चाहँदैनन् कि उनीहरुको वेबसाइटमा चलेको Advertisement कुनै Robot ले हेरोस् । अर्थात् त्यहाँ देखिने विज्ञापन मानिसले हेरुन् भन्ने उद्देश्यले यस्तो गरिएको हो ।
रमाईलो तथ्य नं #7
प्रायःजसो A.I. Assistant माहिलाहरू हुने गर्दछन् ।के तपाईंले कहिल्यै सोच्नु भएको छ ? Googke assistant वा Alexa वा Siri महिलाहरू नै किन हुन्छन् ?
वास्तवमा संसारमा धेरैजसो मानिसहरु पुरुषहरूको तुलनामा महिलाहरूसँग कुरा गर्न , उनीहरूको आवाज सुन्न मन पराउँछन् । जसको कारण प्राय कम्पनीहरूले AI असिस्टेन्ट महिलाहरूलाई बनाउने गर्दछन् ।
रमाईलो तथ्य नं #8
एन्ड्रोइड अपरेटिङ सिस्टम गुगलले बनाएको थिएन ।
के तपाईंलाई थाहा छ ? Android Operating System कसले र किन बनाएका थिए ?
आजकाल Android Operating system को प्रयोग स्मार्ट फोनमा धेरै गरिन्छ । तर एन्ड्रोइडको सबैभन्दा पहिलो प्रयोग क्यामेरामा गर्नको लागि Developed गरिएको थियो ।
एन्ड्रोइड अपरेटिङ सिस्टमलाई तीनजनाको टिमले तयार गरेको थियो , र उक्त कम्पनीको नाम Android Inc. थियो ।
रमाईलो तथ्य नं #9
हामीले आजभोलि प्रयोग गर्ने स्मार्ट फोन नासा द्वारा अपोलो 11 मा प्रयोग गरिएको कम्प्युटर भन्दा लाखौं गुणा Fast छ ।
हो साँच्चै तपाईंले सहि सुन्नुभयो।
हामी आजकाल जुन स्मार्ट फोन प्रयोग गर्दछौं । त्यो पनि हामीलाई धेरै Slow लाग्ने गर्दछ , तर नासाले सन् 1969 मा आफ्नो अपोलो 11 मिशनमा अहिलेको स्मार्ट फोनमा भन्दा लाखौं गुणा Slow काम गर्ने कम्प्युटरको प्रयोग गरेको थियो ।
उक्त कम्प्युटरले यति slow भएर पनि चन्द्रमा देखि पृथ्वी सम्म सम्पर्क बनाएर जानकारीहरू पठाउन सकेको थियो ।
रमाईलो तथ्य नं #10
तपाईं कारमा पृथ्वी देखि चन्द्रमा सम्म एक महिना भन्दा पनि कम समयमा पुग्न सक्नुहुन्छ ।
के तपाईंलाई थाहा छ , पृथ्वी देखि चन्द्रमा सम्मको दूरी कति छ ?
पृथ्वी देखि चन्द्रमासम्मको दूरी लगभग 4,00,000 KM रहेको छ । त्यसैले तपाईं कारमा 96km/hr को स्पीडमा यात्रा गर्नुहुन्छ भने देखि तपाईं एक महिना भन्दा पनि कम समयमा चन्द्रमामा पुग्न सक्नुहुनेछ ।
यदि तपाईं जाने हो भने खाना साथमा नबिर्सी लिएर जानूहोला।😀
शुभ यात्रा😍😍


Post a Comment
Post a Comment