Google मा प्रत्येक मिनेटमा 36 लाख भन्दा बढी सर्च हुन्छन् । तर आजसम्म पनि धेरै मानिसहरू त्यस्ता छन् जसलाई Google मा सर्च गर्ने Smart तरीका थाहा छैन । आज यहाँ तपाईंलाई त्यस्तो तरीकाको बारेमा जानकारी गराईन्छ जसलाई फलो गरेर तपाईं आफ्नो धेरै समय google मा सर्च गरेर बिताउनु पर्ने झन्झट बाट मुक्त हुन सक्नुहुन्छ । चाहे तपाईं जेसुकै सर्च गर्नुहोस् त्यहाँ तपाईंलाई हजारौं त्यस्ता साइटहरू आउँछन् जुन कुनै कामको नै हुँदैनन् । यस्तो भएमा हामी के गर्न सक्छौं ? कसरी सर्च गर्दा जुन टपिकको बारेमा हामिले सर्च गरेका हौं त्यही टपिकको बारेमा मात्र रिजल्ट आउँछ र बाँकि फाल्तु कुरा वा साइटहरू नआओस् । आउनुहोस् सुरु गरौं त्यस्तै केही Trick हरू जसले तपाईंलाई स्मार्ट बनाउन सक्छ ।
यदि तपाईंलाई केही सर्च गर्नु छ र तपाईं चाहनुहुन्छ कि google मा तपाईंले जे सर्च गर्नुभएको छ सिर्फ त्यसको बारेमा मात्र जानकारी प्राप्त होस् । यस्तो अवस्थामा तपाईं आफ्नो सर्चको अगाडि जोड (+) लगाउनु होस् र त्यसको अगाडि आफ्नो मुख्य किवोर्ड टाइप गर्नुहोस् ।
For Example:- How to create blog+blogger
अर्थात् यसरी सर्च गर्नुभयो भने तपाईंलाई ब्लगरमा ब्लग कसरी बनाउने भन्ने जानकारी मात्र गूगलले देखाउँछ , यसको अलावा google ले अरू केही जानकारीहरू दिँदैन ।
How to manage time+Student
अर्थात् विद्यार्थीहरूले टाइम कसरी म्यानेज गर्ने , सिर्फ यसको बारेमा मात्र गूगलले तपाईंलाई जानकारी दिन्छ , विद्यार्थीको लागि मात्र ।
यसैगरी तपाईं घटाउ (-) को चिन्ह प्रयोग गरेर पनि google मा सर्च गर्न सक्नुहुन्छ । घटाउ चिन्हको मतलब त्यो चिजहरू जसको बारेमा तपाईं जान्न चाहनुहुन्न । यदि तपाईंले घटाउको चिन्ह प्रयोग गरेर सर्च गर्नुहुन्छ भने google ले तपाईंलाई त्यो चिजको बारेमा जानकारी दिँदैन जुन तपाईंले घटाउको चिन्हभन्दा अगाडि लेख्नुभएको छ ।
For Example:-
Benefits of wordpress blog-blogger
यसरी सर्च गरेमा Google ले तपाईंलाई wordpress सँग सम्बन्धित जानकारी मात्र दिन्छ । जसमा blogger को बारेमा कुनै पनि जानकारी दिँदैन ।
अर्को Trick यदि तपाईंलाई कुनै training centre को contact आवश्यक पर्यो भने तपाईंले गूगलमा यस्तो तरीकाले सर्च गर्न सक्नुहुन्छ , ("share market training centre"+Email) । अब यसरी सर्च गरिसकेपछि तपाईंलाई सबै share market training centre को इमेल कन्ट्याक्ट् गूगलमा देखिनेछ , र यो भन्दा फाल्टो विषयमा google ले तपाईंलाई कुनै पनि जानकारी देखाउँदैन । यसले तपाईंको धेरै मात्रामा समयको बचत हुनसक्छ । यो कुरा तपाईंले जागिर (job) खोज्ने बेलामा वा कुनै contact चाहिएको बेलामा गर्न सक्नुहुन्छ ।
यदि तपाईंलाई कुनै एक चिजको बारेमा सहि जानकारी चाहियो , मानौं कि कुनै किताब होस् वा कुनै भिडियो होस् तपाईं गूगलमा ("book name") अथवा कुनै सम्बन्धित चिजको नाम यसरी लेखेर सर्च गर्नुहुन्छ भने First पेजमा जुन तपाईंले सर्च गर्नुभएको छ त्यही मात्र देखाउँछ ।
एउटा अर्को Trick
मानौँ तपाईंलाई केही त्यस्तो जानकारी सर्च गर्नु छ जुन तपाईंलाई केही केही याद आउँछ तर सबै आउँदैन वा कुनै हरफ सर्च गर्नु छ त्यसको आदि आउँछ , आदि आउँदैन ।उदाहरणका लागि एउटा गीतलाई हेरौं । मानौँ तपाईंलाई कुनै गीत सर्च गर्नु छ तर तपाईंलाई त्यसको पुरै शब्द आएन । उदाहरणको लागि यो गीतलाई हेरौं ।
(पुरानो हुँदैन माया जुनि जुनि लाए पनि ,
बिर्सिंदैन मायाले माया चोटै चोट खाए पनि।)
अब यस मध्येमा तपाईंले कुनै शब्दहरू भुल्नुभयो , त्यस्तो अवस्थामा तपाईं यसरी सर्च गर्न सकुनुहुन्छ ।
For Example:-
"पुरानो हुँदैन माया * चोटै चोट खाए पनि"
याद गर्नुहोस् तपाईंले बीचमा (जहाँको शब्द आउँदैन त्यहाँ ) तारा (*) लगाउनुपर्छ । त्यसपछि तपाईंलाई गूगलले सहि रिजल्ट देखाउँछ ।
Next trick
मानौं तपाईंलाई कुनै एउटा साइटको बारेमा मात्र जान्नु छ वा त्यस साइटको आर्टिकल मात्र पढ्नु छ अरु कुनै साइटको हैन । यस्तो अवस्थामा तपाईं कसरी सर्च गर्नुहुन्छ ? मानौं तपाईंलाई कान्तिपुरको मात्रै आर्टिकल पढ्नु छ अरु कुनै साइटको हैन । यस्तो अवस्थामा तपाईं google मा कसरी सर्च गर्नुहुन्छ ?
For Example:-
site: त्यस साइटको नाम अर्थात्
जस्तै :-
site:eKantipur.com
यस पछाडी तपाईंलाई google ले कान्तिपुरको मात्र रिजल्ट देखाउँछ , अरुको देखाउँदैन ।
यदि तपाईंलाई त्यही साइटसँग मिल्दोजुल्दो साइटको बारेमा जान्नु छ भने तपाईं गूगलमा त्यस साइटसँग रिलेटेड सर्च गर्न सक्नुहुन्छ ।
For Example:-
Related:eKantipur
तपाईंको सामु eKantipur सँग मिल्दोजुल्दो साइटहरू मात्र आउँछ ।
साथीहरू तपाईंलाई यदि यो लेख मनपरेमा लाइक सेयर गर्न नभुल्नुहोला । हामीलाई आफ्नो अमूल्य प्रतिक्रिया दिन कमेन्ट गर्नुहोला ।
Meet you again in next post
Thank you
जय नेपाल! 🇳🇵

Post a Comment
Post a Comment