यो एउटा महत्वपूर्ण जानकारी हो , यसको बारेमा सायद धेरै कम मानिसहरुलाई मात्र थाहा होला ।


आजकालको समयमा इयरफोनको प्रयोग लगभग सबै मानिसहरूले गर्ने गर्दछन् , तर के तपाईंलाई थाहा छ ? तपाईंले प्रयोग गर्ने इयरफोनमा कतिवटा रिङहरू छन् ? तपाईंको इयरफोनमा तीनवटा रिङ भएको हुन्छ तर  त्यसको काम के हो ? प्रत्येक इयरफोनमा अलग अलग रिङ हुन्छन् , तर त्यो के कामको लागि होला ?

चिन्ता नलिनुहोस् हामी आजको यस पोस्टमा यसै कुराको बारेमा जान्ने छौं ।







1)  मोनो माइक्रोफोन इयरफोन :-



यस प्रकारको इयरफोनमा केवल एउटा मात्र रिङ हुन्छ । यस इयरफोनको प्रयोग धेरै पहिले पहिले गर्ने गरिन्थ्यो । आजभोलि यसको प्रयोग धेरै कम भएको छ ।

यस प्रकारको इयरफोनलाई मोनो माइक्रोफोन भनिन्छ । यस इयरफोनमा देब्रे अथवा दाहिने जता भएपनि एकातर्फ मात्र आवाज आउने गर्दछ ।


2) स्टेरियो (stereo) इयरफोन :-



यसमा दुईवटा रिङहरू हुन्छन् । यस प्रकारको इयरफोनमा दुबै तिर आवाज आउँछ । यस इयरफोनमा माइकको प्रयोग गरिएको हुँदैन । त्यसैले हामिले यस इयरफोनको माध्यमबाट आवाज सुन्न मात्र सक्छौं । विशेष यो साउन्डको लागि मात्र बनाइएको हो ।



3) यो सबैभन्दा नयाँ इयरफोन हो । यसको प्रयोग आजकाल धेरै मात्रामा हुने गर्दछ । यसमा तीनवटा रिङहरू हुन्छन् । यी तीनवटै रिङहरूका अलग अलग कामहरू रहेका छन् ।



पहिलो रिङ (first ring )

सबैभन्दा पहिलो बिन्दु (Ring) लेफ्ट स्पिकरको लागि प्रयोग गरिएको हुन्छ ।

दोस्रो रिङ (second ring )

दोस्रो बिन्दु (Ring ) राइट स्पिकरको लागि प्रयोग गरिएको हुन्छ ।

तेस्रो रिङ (Third Ring )

तेस्रो बिन्दु (Ring ) ग्राउन्डको लागि प्रयोग गरिएको हुन्छ ।

चौथो माइकको लागि प्रयोग गरिएको हुन्छ । यसैले गर्दा हामी इयरफोनको माध्यमबाट कल गर्न सक्छौं । साथै यस प्रकारको इयरफोनबाट हामी अडियो भिडियोलाई Next (Transfer ) पनि गर्न सक्छौं ।
 
साथीहरु यो थियो हामीले दैनिक प्रयोग गर्ने इयारफोनको बारेमा केही जानकारी !
अरु यस्तै यस्तै जानकारीको लागि SP Knowledge लाई Follow गर्नुहोला !